प्रचण्डले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रुपमा ३ वटा गल्ती गरेको उल्लेख गरे

२०७८, १३ पुष मंगलवार ०६:४९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रुपमा ३ वटा गल्ती गरेको उल्लेख गरेका छन्।

सोमबार माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले आफ्नो आत्मसमीक्षा गरेका छन् । प्रचण्डले पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव मनमा विद्रोहको नीति लिनुलाई पहिलो गल्ती भनेका छन् ।

उनले प्रतिवेदनमा भनेका छन्, ‘विद्रोहको कुरै गर्नु हुँदैनथ्यो, त्यहाँ गल्ती भयो ।’

प्रचण्डले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्ती स्वीकारेका छन् । ‘सेना समायोजनका बेला पर्सनल बिजनेस डिलजस्तो गरियो, केन्द्रीय समितिको म्याण्डेट पनि लिइएन, पार्टीमा छलफल पनि गरिएन, यो गल्ती भयो’ उनले भनेका छन् ।

प्रचण्डले प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि गल्ती भनेका छन् । ‘यसबारे पार्टीको कुनै तहमा छलफल पनि भएन, कि प्रचण्डपथ विचार नै होइन भन्नुपथ्र्यो, विचार थियो भने (यसलाई स्थगित गर्नेबारे) छलफल गर्नुपथ्र्यो’ उनले भनेका छन् ।

तर उनले यसको अर्थ प्रचण्डपथ पुनर्स्थापित गर्नुपर्छ भन्ने नभएको पनि प्रष्टीकरण दिए । ‘यो सन्दर्भ सामग्री मात्र भयो, यसलाई संश्लेषण गरेर अगाडि बढ्ने हो’ प्रचण्डले भने ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु