लगानीकर्ताहरु आत्तिएर प्यानिक सेल गर्दा सूचक ठूलो अंकले घट्न गएको हो ।

२०७८, १४ बैशाख मंगलवार ०५:३५
काठमाडौं : कोरोना संक्रमणका कारण सर्वसाधारण लगानीकर्ता आत्तिंदा सेयर बजार प्रभावित भएको छ । सरकारले केही समयका लागि निषेधाज्ञा लगाउने भएको छ । यही कारण लगानीकर्ताले केही पैसा जोहो गर्न खोज्दा पनि बजार बढी प्रभावित भएको हो । त्यसो त केही दिनयतादेखि बजार घट्ने क्रममा नै रहेको छ । लगानीकर्ताहरु आत्तिएर प्यानिक सेल गर्दा सूचक ठूलो अंकले घट्न गएको हो ।

यस्तो बेला आम लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । अत्यावश्यक नभएसम्म प्यानिक सेल नगर्न जानकारहरुले सुझाव दिंदै आएका छन् । सेयर बजारमा सर्वसाधरणले आफू लगानीकर्ता हो कि ट्रेडर हो भन्ने किटान गर्न सक्नुपर्छ ।तथापि, बजारका जानकार तथा विश्लेषकहरुले भने यसरी प्यानिक नहुन बारम्बार आग्रह गरिरहेका छन् । बेस्सरी घटेका बेला आपत्त नपरी नबेच्न उनीहरुको आग्रह छ । केही दिनपछि बजार फेरि सकारात्मक लयमा फर्किने विश्लेषकहरुको भनाई छ । उनीहरुले गत वर्षको उदाहरण दोहोर्याएका छन् । गत वर्ष पन लक डाउनमा सुरुका केही दिन बजार बेस्सरी प्रभावित भए पनि पछि एकाएक नयाँ उचाईमा पुगेको थियो ।

अहिले पनि यस्तै हुन सक्ने उनीहरुको अनुमान छ । तर पनि सर्वसाधारण लगानीकर्ता त्रसित हुनेक्रम रोकिएको छैन । सर्वसाधारणले अन्धाधुन्द बिक्री गर्दा नेप्से घट्ने क्रम नरोकिएको फ्रन्ट लाइनमा बस्ने ब्रोकरहरुको भनाई छ । अनलाइन आफ्नै हातमा भएकाले पनि विशेषगरी नयाँ लगानीकर्ताहरुले आत्तिएर सेयर बिक्री गर्दा बजारमा धेरै सेल आएको हो ।

यस्तो बेला आम लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । अत्यावश्यक नभएसम्म प्यानिक सेल नगर्न जानकारहरुले सुझाव दिंदै आएका छन् । सेयर बजारमा सर्वसाधरणले आफू लगानीकर्ता हो कि ट्रेडर हो भन्ने किटान गर्न सक्नुपर्छ । दीर्घकालीन लगानीकर्ता हो भने प्राविधिक सूचकहरुलाई वास्ता गर्नु हुँदैन । चर्चित लगानीकर्ता वारेन बफेटले भने जस्तै एकदम सबल वित्तीय सूचक भएका कम्पनीको सेयर किनिसकेपछि वर्षौसम्म बिर्सिनुपर्छ ।

तर तपाईं कारोबारी हो भने नाफा बुक गर्ने वा स्टप लसको नीति उपयुक्त हुन सक्छ । यसर्थ, एकाएक प्यानिक भन्दा पनि आफू कस्तो प्रकारको लगानीकर्ता हो भन्ने किटान हुन आवश्यक देखिन्छ । सोही अनुसार निर्णय गर्नु उपयुक्त हुन सक्छ । सेयर बजार घटबढ भइरहन्छ । यसर्थ, घटेको बजार फेरि बढ्छ भन्ने दुविधा हुनुपर्दैन ।

नेप्से सूचक ६५.५८ अंकले घटेर २५०६.६२ विन्दुमा आइपुगेको छ । २ कम्पनीको भाउ भने सर्किट लाग्ने गरी वृद्धि भएका छन् । ६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२० कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड ७४ लाख रुपैयाँभन्दा बढीसहित अपर तामाकोशी कारोबार रकममा सबैभन्दा अघि छ ।  दोस्रोमा निफ्रा र तेस्रोमा पुनर्बिमा कम्पनी परेको छ ।

सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट आउन थालेको छ । प्रारम्भिक संकेतहरु निकै सकारात्मक देखिएका छन् । औसतमा राम्रो नाफा कमाएको रिपोर्टहरु आइरहेका छन् । कोरोना विस्तार हुँदा बैंकमा तरलता वृद्धि हुनेछ । यस्तो अवस्थमा ब्याजदर बढ्ने सम्भावना कम हुन्छ । यी परिदृश्यहरुले पनि दीर्घकालीन लगानीकर्ता आत्तिनु पर्ने अवस्था नरहेको विश्लेषकहरुको भनाई छ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु