काठमाडौं : ज्योति लाइफ इन्सुरेन्सको आइपीओ आज शुक्रबार (चैत १३ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलकाअनुसार ज्योति लाइफको आफ्नै कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर काठमाडौंमा दिउँसो १२ः३० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रमतय भएको छ । ज्योतिको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयरबाँडफाँट हुनेछ । यसमा कुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
१८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ६.४ गुणाबढी हो । सर्वसाधारणलाई बिक्री गरिएको ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताकादरले सेयर हात पार्ने देखिएको छ । १२ लाख १० हजार भन्दा धेरै भने आइपीओ पाउनबाट वञ्चित हुनेछन् ।
ज्योतिले फागुन २१ गते बाट २६ गतेसम्म १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ३ लाख३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता नै म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी ५९ लाख ४० हजार कित्ताकालागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्रीगरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।