सउल,कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपामेवाहाङ राईको संयुक्त कथा सङ्ग्र्रह छकालै गत आइतबार दक्षिण कोरियामा विमोचन भएको छ ।
इतर आवाज साहित्य समाज दक्षिण कोरियाले आयोजना गरेको एक कार्यक्रमबीच यहाँ रहेका साहित्यकार पराजित पोमु, सुनिलदिप्तराई शकुन आँशु, उत्तम खजुम, सुरेशसिंह सम्बाहाम्फे, मातृका नेम्वाङलगायतले विमोचन गरेका हुन् । विगत चार वर्षदेखि कोरियामाश्रमिकको रुपमा रहेकी खोटाङकी सुष्मा रानाहँमाको कविता कृति आमाको तासफोटोबारे बोल्दै कवि तथा इतर आवाज संस्थाकासंयोजक पराजित पोमुले सुष्माका कविता बलिया र आञ्चलिक र आफ्नो मुलकको प्रेमले ओतप्रोत भएको जिकीर गरे ।
त्यस्तै कोरियामै बसेर साहित्य साधनामा रमाइरहेकी कथाकार दीपा मेवाहाङ राईको संयुक्त कथा सङ्ग्रह छकालैका बारेमा कवि शकुनआँशुले यो कृति समाकालीन युवाहरूको संयुक्त आवाज भएको बताइन् । ४६ कविता सङ्ग्र्राहित आमाको तासफोटोलाई फिनिक्सबुक्सले प्रकाशन गरेको हो ।
त्यस्तै छकालै २० कथाकारका एक एक कथा समावेश भएको संयुक्त सङ्ग्र्रह हो । यस कृतिलाई कथाकार नवीनले सम्पादन गरेका हुन्। कार्यक्रममा उपस्थित कविहरूले आ–आफ्ना कविता गीत गजलवाचन गरेर कोरियामा आफूले भोग्ने कम्पनीको दुःख विर्सने कोशिसगरेका थिए ।(रासस)