काठमाडौं : नेको इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट१५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामीवार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ । कम्पनीले अघिल्लो वर्ष भने ८.१६% नगद लाभांश मात्रदिएको थियो ।
Comments