वन अतिक्रमण गरि बनाइएको घरछाप्रोमा आगो लगाईयो

२०७७, ९ चैत्र सोमबार ०७:५९

पाल्पा । वनक्षेत्रको जग्गा अतिक्रमण गरी बनाएको घरछाप्रो जलाइ नस्ट गरिएको छ । तिनाउ गाउँपालिका वडा नम्बर १, कचल स्थित सानिउदाङमा वन अतिक्रमण गरि घरछाप्रो बनाइ खनजोत समेत गरिएको अवस्थामा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय, तिनाउ सब डिभिजन वन कार्यालय र रैनादेबी छहरा सब डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलिले तिनाउ- १ का वडा अध्यक्ष, स्थानिय सिद्धचुहार सामुदायिक वन उपभोक्ता समूह र ठुली उदाङ्ग टोल विकास सस्थाको रोहवरमा उक्त अतिक्रमण नियन्त्रणमा लिइ घरछाप्रो हटाइ अतिक्रमित वनक्षेत्र बरामद गरिएको छ ।

पोखरेलका अनुसार अतिक्रमणकारीले घरछाप्रो नजिक राष्ट्रिय वनको करिब १ हेक्टर जग्गा कब्जा गरि फिल्ड समेत तयार गरिएको अवस्थामा उक्त अतिक्रमण हटाइएको हो । घटनास्थलमा अतिक्रमणकारी फेला नपरेको हुँदा वनक्षेत्र अतिक्रमण गर्ने ब्यक्तिको खोजी तिब्र पारिएको छ । उक्त वनक्षेत्रमा यसै बर्ष बृक्षारोपण गर्ने र सामुदायिक वन उपभोक्ता समुहलाइ सो क्षेत्र हस्तान्तरण गरि संरक्षण गर्ने डिभिजन वन कार्यालय पाल्पाको कार्यक्रम रहेको छ ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु