नेपाली काँग्रेस पाल्पा प्रदेश सभाको क्षेत्रिय अधिवेशन, पौडेल पक्ष विजयी

२०७८, ५ मंसिर आईतवार ०७:५३
प्रदेश १ ख, प्रदेश २ क, प्रदेश २ ख मा प्यानल बनाएरै निर्वाचन भएको थियो। प्रदेश एक क मा भने सर्वसहमतीबाट नेतृत्व चयन भएकोले केही प्रतिनिधि मात्र हात पारेको छ अन्य ३ वटा निर्वाचन क्षेत्रमा पौडेल पक्षीय जिल्ला सभापति वीरबहादुर राना पक्षीय उमेद्वार प्यानलसहित विजयी भएका छन्।

नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ प्रदेशसभा क को सभापतिमा रामबहादुर राना निर्विरोध चयन भएका छन्। उपसभापतिमा गोविन्दप्रसाद अर्याल र भीमबहादुर सिंह ठकुरी सचिवमा दानबहादुर हिस्की, भेषराज पोखरेल, सहसचिवमा घनश्याम ढुङ्गाना र पिताम्बर राना, खुला सदस्यहरुमा अम्बर गाहा र दोवराज तिवारी, महिला सदस्यमा भगवती देवी खनाल निर्विरोध चयन हुनुभएकाे हाे । प्रदेश अधिवेशनबाट १७ जना प्रदेश प्रतिनिधि समेत चयन भएका छन्।

प्रदेश सभा महाधिवेशन प्रतिनिधिमा खुलातर्फ उमानाथ अर्याल, किशोर पंगेनी, भोजराज भट्टराई, रुद्रप्रसाद अधिकारी, विजय शर्मा अर्याल, शंकरबहादुर खाँण र श्यामकान्त खनाल, खुला महिलातर्फ कृष्णा शाही ठकुरी, शशीकुमारी जिसी र शारदा आचार्य, खसआर्यमा अरुणकुमार काफ्ले, जनजाति खुलामा गगन सिं सोती र छमबहादुर दरैं, जनजाति महिलामा जमुना राना र बालकुमारी थापा, दलिततर्फ कृष्णबहादुर दर्जी, अल्प संख्यकमा समसुलहक मियाँ निर्विरोध चयन हुनुभएकाे छ ।

नेपाली कांग्रेस प्रदेश सभा पाल्पा १ ख को महाधिबेशनबाट सभापतिमा युवराज पौडेल निर्वाचित भएका छन्। सभापतिमा निर्वाचित पौडेलले १६५ मत पाएका थिए भने प्रतिद्वन्द्वी कृष्ण भट्टराईले ७२ मत पाएका थिए। उपसभापति कृष्णबहादुर सारु, शेरबहादुर गहराज, सचिवमा डिलबहादुर ढेंगा निलकन्ठ देवकोटा, निर्विरोध चयन भएका छन्। सहसचिवमा राजदिप सारु र रमेश पछाई निर्वाचित भएका छन्।

प्रदेश महाधिवेशन प्रतिनिधिमा भरतकुमार रसाइली, अनिरुद्र खनाल, मोहनलाल कार्की, जनक रिजेल, विष्णु प्रताप सेन ठकुरी, जीवन रायमाझी र सुन्दर गाहा निर्विरोध निर्वाचित भएका छन्। खुला महिला सदस्यमा निर्मला भट्टराई, साबित्रा पन्थी, हुमकुमारी परियार निर्वाचित भएका छन। खसआर्यमा मोहन लाल कार्की निर्विरोध चयन भएका छन। जनजाती महिला लाली सरा ढेंगा बिष्णुकुमारी सिंजाली निर्वाचित भएका छन्। जनजाती खुलामा गोपाल राना र सिद्धार्थ श्रेष्ठ निर्वाचित भएका छन्। दलितमा विक्रम नेपाली निर्विरोध चयन भएका छन्। समावेशी शम्शेर खान मिया निर्बिरोध चयन भएका छन्। यसैगरी प्रतिनिधि सभा क्षेत्रीय सदस्य थमन गाहा, नन्दवीर दिसुवा र मनुमाया कुमाल निर्विरोध चयन भएका छन्।

त्यस्तै क्षेत्र नं. २ क प्रदेशसभा सभापतिमा लक्ष्मीप्रसाद अधिकारी २६३ मत ल्याइ विजयी भएका छन् भने प्रतिद्वन्द्वीमा राधेश्याम ज्ञवालीले ९८ मत मात्र ल्याएका थिए। उपसभापतिमा जुद्ध विर सोमरे र पेमा चिदी, सचिवमा प्रकाश पाण्डे र रमेश न्यौपाने, सह सचिवमा मालती पौडेल र सिता भुसाल, निर्वाचित भएका छन्। यसै गरी प्रदेश महाधिवेशन प्रतिनिधिमा खुला सदस्यमा भानुभक्त पाण्डे, गोविन्दप्रसाद न्यौपाने, मिलनमुनी शाक्य, राजु महर्जन, कृष्णबहादुर आले, सुरेशबहादुर बोहोरा क्षेत्री, मानबहादुर कार्की निर्वाचित भएका छन्। खुला महिला सदस्यमा सिता घिमिरे, कोपिला कार्की र सुनिता राणा निर्वाचित भएका छन्। खस आर्य खुलामा सुनिल बस्याल, खस आर्य महिलामा इन्दिरा भट्टराई, जनजाती खुलामा विष्णुबहादुर गाहा, गनबहादुर कुवँर (थानबहादुर ) जनजाती महिलामा दिलमाया सिंजाली, दलित दिनेश गन्धर्व, अल्पसंख्यक हलिमदिन मिया, प्रदेश सभा क्षेत्रीय सदस्यमा भविश्वर थापा, गोमा गैरे, महिलामा चन्द्रकला खनाल घिमिरे निर्वाचित भएका छन्।

क्षेत्र नं २ ख प्रदेश सभा सभापतिमा रुकमागत भट्टराई निर्वाचित भएका छन्। निर्वाचनमा विजयी भएका भट्टराईले २०३ मत र उनका प्रतिद्वन्द्वी म बहादुर कार्कीले ११० मत ल्याएका थिए। यसै गरी उप सभापतिमा दानबहादुर गाँहा र शेरबहादुर दर्लामी, सचिवमा शंकर भण्डारी पदमलाल शाक्य र सह सचिवमा सुभाष पल्ली र गिता कौशल निर्वाचित भएका छन्। यसै गरी प्रदेश महाधिवेशन प्रतिनिधिमा खुलातर्फ लालबहादुर थापा, लोकनाथ अधिकारी, शंकर पोखरेल, जिवनाथ पोखरेल, शुरेश पौडेल, देवेन्द्र पुन र टुनविर रेश्मी चिर्वाचित भए।

महिला खुला सदस्यमा लिला दर्लामी भगवती बगाले, भिमा खाँचा, खस आर्यमा गंगाधर पोखरेल खस आर्य महिलामा सिता पोखरेल, जनजाती खुलामा अम्वरबहादुर थापा र कुमार राना, जनजाती महिलामा तारा देवी उचै, दलितमा डिलबहादुर वि.क.र अल्पसंख्यकमा टोपबहादु राना निर्वाचित भएको नेपाली कांग्रेस रिव्दिकोट गाउँपालिका सभापति रामचन्द्र पाण्डेले बताए। पाल्पाका २ वटा निर्वाचन क्षेत्रका ४ प्रदेशसभामा क्षेत्र नं १ क मा मात्र निर्विरोध रुपमा प्रतिनिधि चयन भए भने अन्य ३ वटा प्रदेशसभामा समुहगत रुपमै चुनावी प्रतिष्पर्धाबाट नेतृत्व छानिएका छन्। प्रदेश सभा निर्वाचनले पाल्पामा पार्टी सभापति देउवा पक्षीय उमेद्वार पराजित भएका छन्। कृष्ण पाेखरेलकाे सहयाेगमा ।

Comments

ताजा खबर