७ जेठ, जाजरकोट । गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएकोछ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको छ । गाउँमा सबै बिरामी हुँदाहैरान भएको र आफूलाई समेत सन्चो नभएको रातो नेपालीले बताए । “ गाउँमा कसैको परीक्षण भएको छैन”, नेपालीले भने ।
त्यस्तै, नलगाड नगरपालिकाको कैना, टट्टा, हल्चौर बारेकोटको रामीडाँडा, धौलाकोटलगायत गाउँमा पनि ज्वरोका बिरामीको सङ्ख्याबढिरहेको छ । गाउँभरि शङ्कास्पद बिरामी बढे पनि परीक्षण र उपचार हुन नसकेको हल्चौरका हरिबहादुर खत्रीले बताए ।“अधिकांशलाई कोरोना भएको आशङ्का छ, तर परीक्षण र उपचार नहुँदा झारफुक र जडीबुटीको उपचारमा भर परेको छ’, उनले भने, “कयौंपल्ट जनप्रतिनिधिलाई भनियो तर वास्तै गरेनन् ।”
गाउँमा घरघरै बिरामी भए पनि तातोपानी, जडीबुटी र धामीझाँक्रीको झारफुकका भरमा बाँचिरहेको खत्रीले बताए । उनले भने, “सबैजनाजडीबुटीकै भरमा छौँ, एक/दुई दिन सञ्चो हुन्छ, फेरि बिमार बल्झिएपछि थला पर्नुको विकल्प छैन ।” परीक्षण गरे गाउँका अधिकांशव्यक्तिमा कोरोना सङ्क्रमण देखिने उनको भनाइ छ । उनका अनुसार सङ्क्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा रहेकालाई समेतपरीक्षण गरिएको छैन ।
एक सातायता दिनहुँ पानी पर्न थालेपछि बिरामी बढिरहेको खत्रीले बताए । उनका अनुसार चौराटाका झण्डै ५० घरधुरीमा बिरामीनभएको घरै छैन । बच्चादेखि वृद्धसम्म बिरामी परेपछि गाउँमा त्रास फैलिएको उनले बताए । “न परीक्षण हुन्छ न उपचार”, उनले भने, “श्वासप्रश्वासमा समस्या देखिए मर्नुको विकल्प छैन ।” गाउँभरि ज्वरो, रुघाखोकी र जिउ दुख्ने बिमारका कारण अधिकांश बासिन्दालखतरान परेको दम्दालाकी भगवती चन्दले बताए । “गाउँको स्वास्थ्यचौकीमा औषधि पनि छैन, स्वास्थ्यकर्मी पनि भेटिँदैनन्”, उनले भने, “अब त घरेलु उपचारकै भर छ ।” स्थानीय सरकारले बिरामीको उपचारमा बेवास्ता गरेको उनको गुनासो छ ।
जनप्रतिनिधिले भने परीक्षण र उपचारको काम सुरु भएको दाबी गरेका छन् । कोरोना परीक्षण र अन्य स्वास्थ्य समस्याको उपचारकालागि गाउँमा स्वास्थ्यकर्मीको टोली पठाएको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । “कोरोना हो कि अन्य भाइरल रोग होभन्नेबारे एक/दुई दिनमै थाहा हुन्छ”, उनले भने, “बिहीबारबाट स्वास्थ्यकर्मीले घरदैलो थालेका छन् ।”
गाउँ–गाउँमा कोरोना सङ्क्रमणको जोखिम बढे पनि कीट तथा जनशक्ति अभाव भन्दै सम्बन्धित निकाय पन्छिने गरेको स्थानीयवासीकोआरोप छ । जिल्ला अस्पताल र केही स्थानीय तहका केन्द्रमा मात्र कोरोना परीक्षण भएको छ । “कीट अभाव देखाउँदै परीक्षणको दायरासाँघुरो बनाइएकाले अझै धेरै कोरोनाका बिरामी हुनसक्ने आकलन छ । कोरोना सङ्क्रमितलाई परीक्षण नगरी गाउँ पठाउँदासमुदायस्तरमा सङ्क्रमण फैलिएको बताएको छ । भारतबाट आएका मानिस गाउँ पस्दा सङ्क्रमण फैलिएको छ ।
वैशाख पहिलो सातादेखि हालसम्म एन्टिजेन विधिबाट एक हजार ४०० जनाको कोरोना परीक्षण गरिएको जिल्ला स्वास्थ्य सेवाकार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५०७ को पीसीआरमार्फत कोरोना परीक्षण भएको हो । पिसिआर रिपोर्ट ढिलो आउँदा रपरीक्षण गरिएका मानिस आइसोलेशनमा नबस्दा थप सङ्क्रमण फैलिने खतरा बढेको जिल्ला स्वास्थ्य व्यवस्थापक टीकाराम जैशीलेबताउनुभयो । उनका अनुसार कार्यालयकै पहलमा कीट किन्न खोज्दा पनि काठमाडौँसमेत कीट पाइएन । स्वास्थ्य कार्यालयले प्रदेशसरकारले पठाएका केही कीट स्थानीय तहलाई समेत वितरण गरेको थियो । खरिद गर्न खोज्दा कीट नपाइएपछि परीक्षणको कामप्रभावित भएको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए ।
पिसिआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणबाट जाजरकोटमा ९०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । करिब ४०० लेकोरोना जितेका छन् । जाजरकोटमा ५०० सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य सेवा व्यवस्थापक जैशीले बताए । उहाँका अनुसार पछिल्लोसमय समुदायस्तरमा सङ्क्रमित बढ्दै गएका छन् । कोराना सङ्क्रमणबाट अहिलेसम्म पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए ।यता नलगाड नगरपालिकाले बिरामीको पहिचान गर्न पाँच टोली बनाएर गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरेको प्रमुख प्रशासकीयअधिकृत सुरेन्द्र सिंहले जानकारी दिए ।