६ जेठ, डोटी । डोटी पूर्वीचौकी गाउँपालिका ४ सानागाउँका महेश बिक (नाम परिवर्तन) १५ दिनदेखि घरमै होम आईसोलेसनमा छन् ।वैशाख २७ गते पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएदेखि नै उनीहोम आइसोलेसनमा बसेका हुन् । मापदण्डको पालना गरेरै होम आईसोलेसनमा बसे पनि उनका परिवारका दुई सदस्यलाई कोरोनासंक्रमण पुष्टि भएको छ ।
‘सावधानी त अपनाएकै थिएँ, तर पनि आमा र श्रीमतीमा संक्रमण भएछ,’ महेशले भने, ‘होम आइसोलेसनमा जति सजग हुँदा पनिसुरक्षित हुन नसकिने रहेछ ।’ उनको घरमा शौचालय एउटै छ । आँगन उही हो । भने, ‘मैले यति सावधानी अपनाउँदा अपनाउँदै तपरिवारका अरु सदस्यहरूलाई संक्रमण सर्यो भने मापदण्डबारे खासै जानकारी नभएका र सावधानी नअपनाउनेको अवस्था त झन केहोला ?’
डोटीकै आदर्श गाउँपालिका १ का मानबहादुर खड्का (नाम परिवर्तन) लाई कोरोना संक्रमण पुष्टि भएको १० दिन भयो । उनी पनि होमआईसोलेसनमा छन् । उनी पनि होम आइसोलेसन सुरक्षित ठान्दैनन् । ‘आफूले जति सावधानी अपनाए पनि टोल छिमेककाहरू नजिकआईहाल्छन्,’ मानबहादुरले भने, ‘होम आइसोलेसनले नै बढी संक्रमण फैलाउँछ कि भन्ने पो डर लागिरहेको छ ।’
उनले गाउँमा रुघाखोकीका बिरामी धेरै देखिएको बताए । समयमै परीक्षण नगराउने हो भने गाउँ नै संक्रमणको जोखिममा पर्ने उनले बताए। जोरायल गाउँपालिका ३ का महिन्द्र साहु (नाम परिवर्तन) ले चारदिन अघि एण्टिजेन परीक्षण गरे । रिपोर्ट पोजिभिट आयो । आफूघरमा बस्दा संक्रमण फैलने डरल उनी एक होटेलमा आईसोलेसनमा बसेका छन् ।
‘घरमा एउटा मात्रै शौचालय छ । धारा पनि एउटै छ,’ महिन्द्रले भने, ‘आँगन, बाटो उही हुन्छ । त्यसैले घरमा आफू पनि सुरक्षित हुन रअरुलाई पनि नसरोस भनेर होटेलमा बसेको छु ।’ होटेलको एक कोठामा आफूसहित दुई जना बसिरहेको उनले बताए । दिपायलसिलगढी नगरपालिका १ का एक संक्रमित पनि सात दिनदेखि होम आइसोलेसनमा छन् । उनलाई चिन्ता छ आफन्ना कारण परिवार रछिमेकमा कतै संक्रमण सर्ने हो कि भन्ने । भने, ‘कोरोना संक्रमण भएको पुष्टि हुँदा पनि अस्पतालले होम आईसोलेसनमै बस भनेरपठाइदिने गरेका छन् । घरमा पानीको धारा, शौचालय, आँगन सबै एउटै हुन्छ । कसरी होम आइसोलेसनमा अरुलाई जोगाउन सकिन्छ?’
केआईसिंह गाउँपालिका ४ का संक्रमित एक पुरुष संक्रमितलाई होम आईसोलेसनमा बस भन्नु नै गलत भएको बताउँछन् । उनले भने, ‘असुरक्षित ढंगले होम आइसोलेसनमा बस भन्नु भन्दा पनि सरकारले संक्रमितहरूका लागि होल्डिङ्ग सेन्टर र छुट्टै आइसोलेसनबनाउनेतर्फ पहल गर्नुपर्दछ ।’
गाउँमा सहरका जस्ता ठूला घर हुँदैनन् । निजी कोठा हुँदैनन् । गाउँघरमा प्रायः घर साना हुने र एउटै कोठामा कोरोना संक्रमित रपरिवारका अन्य सदस्यहरू बस्नु पर्ने बाध्यता रहेको उनी बताउँछन् । ‘भन्न त धेरै सजिलो छ, शहरका जस्ता ठूला महल हुँदैनन् हाम्रा,’ उनले भने, ‘हाम्रा घर प्रायः तल गोठ र माथि मानिस बस्नेगरी बनाइएका छन् । साँघुरा कोठा हुन्छन् । त्यसैमा परिवारका सबै सदस्यबस्नुपर्छ, अनि के को आइसोलेसन ?’
पाँच सयभन्दा बढी सक्रिय संक्रमित
डोटीमा बुधबारसम्म पाँच सय एक जना सक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराका अनुसारडोटी जिल्ला अस्पतालको आइसोलेसनमा ६ जना र स्थानीय तहले तयार गरेका आईसोलेसन सेन्टमा आठ जना मात्रै छन् । उनले भने, ‘बाँकी चार सय ८७ जना होम आइसोलेसनमै छन् ।’ यो संख्या सक्रिय संक्रमितको कुल संख्याको ९७ प्रतिशत हो ।
भारतका विभिन्न स्थान तथा मुलुकभित्रकै अन्य जिल्लाबाट आएका व्यक्तिहरू र संक्रमितलाई होम आइसोलेसनमा बस्न लगाउँदाकोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको स्थानीयहरूको गुनासो छ । जिल्ला प्रहरी कार्यालय डोटीको तथ्यांक अनुसार यस वर्षवैशाखदेखि जेठ ३ गतेसम्म भारतका विभिन्न स्थानबाट डोटीमा दुई हजार १२३ जना घर फर्किएका छन् । देशका अन्य जिल्लाबाट घरफर्किएकाहरूको तथ्यांक कुनै पनि निकायले राखेका छैनन् । स्थानीय बासिन्दा भन्छन्, ‘बाहिरबाट आएका र कोरोना परीक्षण गरेका वानगरेका सबै आ–आफ्नो घर गएका छन् ।’
सरोकारवाला भन्छन्: होम आइसोलेसनमा सावधानी कम
होम आइसोलेसनमा बसेका संक्रमितहरूले पर्याप्त सावधानी नअपनाउँदा वा अपनाउन नसक्दा समुदायमा समस्या बढेको पत्रकारकर्णबहादुर चन्द बताउँछन् । ‘संक्रमितहरू गाउँमा खुलेआम घुमिरहेका छन् यसले कोरोना संक्रमणको जोखिम झन् बढेको छ,’ उनलेभने ।
गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु कठायत पनि पर्याप्त सावधानी नअपनाएर होम आइसोलेसनमा बस्दा परिवार तथासमुदायमा जोखिम बढेको बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख (प्रहरी उपरीक्षक) दानबहादुर मल्ल गाउँघरमा होम आइसोलेसनमा पर्याप्त सावधानी नरहेकोबताउँछन् । ‘सहरतिरका घरमा होम आइसोलेसनमा केही मापदण्ड पुग्ला, तर गाउँघरका घरमा होम आइसोलेसनको मापदण्डपुग्दैन,’ उनी भन्छन्, मापदण्ड नपुगेपनि संक्रमितहरूलाई घरमै बस्न भनिएको छ । यसले परिवारका अरु सदस्य तथा समुदायमा संक्रमणकोजोखिम बढाइरहेको छ ।’
स्वास्थ्यकर्मी भन्छन् : होम आइसोलेसन तुलनात्मक रूपमा असुरक्षित
डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. कृष्णराज जोशी मापदण्ड अनुसारको होम आइसोलेसन नहुँदा समुदायमाकोरोनाको संक्रमण फैलिने जोखिम बढेको बताउँछन् । डा. जोशीले भने, ‘होम आइसोलेशमा छुट्टै कोठा हुनु पर्यो, छुट्टै शौचालय हुनुप¥यो, संक्रमितले प्रयोग गरेका भाँडाकुँडाहरू अलग्गै राख्नु प¥यो ।’ उनी कुनै पनि प्रकारले लसपस भए अर्को व्यक्तिमा संक्रमण सर्नेबताउँछन् ।
त्यसका लागि घरको बनोट प्रमुख हुने उनले बताए । दोस्रो कुरा सावधानी भयो भने मात्रै होमआइसोलेसन सुरक्षित हुने उनले बताए। डोटीको सायल गाउँपालिकाको डौड स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा परफुल यादव पनि असुरक्षित होम आइसोलेसनकाकारण समुदायमा कोरोना संक्रमणको जोखिम बढेको बताउँछन् । डा यादवले भने, ‘सम्झाउन खोज्यो भने उल्टै गाली गर्छन् ।’
स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल पर्सन तेजबिक्रम शाही संक्रमितहरूलाई होम आइसोलेसनमा पठाउँदा जोखिम झन बढेकोबताउँछन् । होम आइसोलेसनको मापदण्ड किन पालना गराइँदैन त ? भन्ने प्रश्नमा शाही भन्छन्, ‘हामीसँग अनुगमनका लागिजनशक्तिको अभाव छ । एउटै व्यक्तिले कोभिड र अन्य बिरामी जाँच गर्नु पर्ने अवस्था छ । बिरामीको केयर गर्नै भ्याइनभ्याई छ ।’
किन गरेनन् स्थानीय तहले क्वारेण्टिन निर्माण ?
कोरोनाको दोस्रो लहर फैलिएपछि नियन्त्रण तथा रोकथाममा स्थानीय तहहरूको भूमिका खासै प्रभावकारी हुन सकेको छैन । गत वर्षकोरोनाको पहिलो लहरमा क्वारेण्टिन निर्माण, क्वारेन्टिनमा बसेकाहरूको आवास र खाना लगायतका शिर्षकमा डोटीका स्थानीयतहरूले ११ करोड ८२ लाख ९० हजार ६ सय १७ रुपैयाँ खर्च गरे ।
तर, कोरोनाको दोस्रो लहरमा स्थानीय तहहरूले रोकथाम र नियन्त्रणमा उदासिनता देखाएको स्थानीयहरूको गुनासो छ । अधिकारकर्मीमीना आउजी भन्छिन्, ‘कोरोनाको दोस्रो लहर फैलिन्छ भन्ने चारपाँच महिना अघि नै थाहा भइसकेको थियो । कोरोना फैलिएपछिभारतका विभिन्न स्थानबाट नेपालीहरू घर फर्किन्छन् भन्ने पनि थाहा थियो,’ उनले थपिन्, ‘त्यस्तो बेलामा स्थानीय तहहरूले क्वारेन्टिनतथा आइसोलेसन सेन्टरहरूको व्यवस्था गरेको भए अहिले यस्तो विकराल अवस्था आउने थिएन होला ।’
कोरोनाका लागि बजेट छैन
कोरोनाको पहिलो लहरमा सायल गाउँपालिकाले २६ ठाउँमा क्वारेण्टिन निर्माण गरिएको थियो । दुई हजार सात सय जनालाईक्वारेन्टिनमा राखिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । उनका अनुसार गत वर्ष कोरोना परीक्षणका लागि पाँच लाखरुपैयाँको आरडिटी किट खरिद गरिएको थियो । उनले भने, ‘कोरोनाको पहिलो लहरमा मास्क र सेनिटाईजर खरिद र वितरण, विपन्नपरिवारलाई राहत सामग्री वितरण सहितका कार्य गरी एक करोड ६२ लाख रुपैयाँ खर्च भएको थियो ।’
यसपटक किन केही पनि पहल गर्नु भएन त ? भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष डुम्रेलले भने, ‘कोरोनाको पहिलो लहरमा हामी जसरीसक्रिय भएका थियौं, अहिले त्यसरी गर्न नसकिएको साँचो हो ।’ उनको भनाइमा गाउँपालिकाको बजेट सबै बिनियोजन भइसकेको र थपबजेट नभएका कारण पनि क्वारेन्टिन तथा होल्डिङ्ग सेण्टरहरू निर्माण गर्न नसकिएको हो ।
उनी सरकारले रकमान्तरका लागि अनुमति दियो भने मात्रै गाउँपालिकाले बजेट व्यवस्था गरेर खर्च गर्न पाउने बताए । ‘संघीय सरकारलेअनुमति दिएन भने आफैं बजेट रकमान्तर गरेर खर्च गर्न सकिँदैन,’ उनले भने,‘त्यसो गर्न हामीलाई सिस्टमले दिँदैन ।’ उनले सायलगाउँपालिकाभित्र क्वारेण्टिन सञ्चालनका लागि संरचना नभएका कारण पनि समस्या भएको बताए । ‘सिसिएमसीले विद्यालयमाक्वारेण्टिन नबनाउन भनेको छ,’ उनले भने, ‘गाउँपालिकामा विद्यालय बाहेक अरु सार्वजनिक भवन नै छैनन् ।’
गत वर्ष कोरोना महामारी फैलिएपछि सरकारले गरेको लकडाउनको समयमा आफ्ना नागरिकहरू सिमा नाकामा अलपत्र परेको सूचनाआएपछि केआईसिंह गाउँपालिकाले ल्याउन बसको व्यवस्था गरेको थियो । त्यसबेला लकडाउनका बेला घर फर्केका दुई हजार एक सयजनालाई ३३ वटा क्वारेण्टिनमा १५ दिनसम्म राखेको थियो।
तर, दोस्रो लहरमा केआई सिंह गाउँपालिकाले पनि केही गरेको देखिदैन । ‘यो हामीले स्वीकार्नु पर्छ, यसपटक हामीबाट पनि लापरवाहीभएको छ,’ गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले भने । गाउँपालिकाले कोरोनाको पहिलो लहरका बेला नियन्त्रण र रोकथामका लागि९८ लाख ९४ हजार रुपैयाँ खर्च गरेको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य चेकजाँच गरेर संक्रमितहरूलाई उतै होल्ड गर्ने भन्ने कुरा आएको भएपनि आफूहरुलाई जानकारीनदिई संक्रमितहरुलाई पठाएको अध्यक्ष शाही बताउँछन् । उनले भने, ‘त्यसले गर्दा पनि यसपटक गाउँगाउँमा कोरोनासंक्रमण फैलियो ।’ उनले आफूले पटक पटक सबै स्थानीय तहहरू मिलेर एउटा होल्डिङ्ग सेण्टर निर्माण गरौं र संक्रमितहरूलाई त्यही राखौं भन्ने प्रस्तावगरेको भएपनि सफल हुन नसकेको बताए ।