समाचार सङ्कलनका क्रममा पुर्‍याइएको अवरोधप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण ।

काठमाडौं । सर्वोच्च अदालत परिसर र परिसरबाहिर समाचार सङ्कलन गर्न गएका पत्रकारलाई पुर्‍याइएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समय न्याय क्षेत्रमा देखिएको विकृतिको समाचार सङ्कलन गर्ने क्रममा पत्रकारलाई अदालत र प्रहरी प्रशासनबाट अवरोध पुर्‍याउने र दुव्र्यवहार गर्ने गरेको आज महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विगत केही समयदेखि न्याय क्षेत्रमा देखिएको विकृतिको अन्त्य र सर्वोच्च अदालतका प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएशनले विगत केही दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको छ । स्वतन्त्र रूपमा समाचार सङ्कलनमा जुटेका पत्रकारमाथि अदालत र प्रहरी प्रशासनबाट भएको कार्य निन्दनीय हुनाका साथै पत्रकारको संवैधानिक स्वतन्त्रता र अधिकारमाथिको हस्तक्षेप भएको बताइएको छ ।

महासङ्घ पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्बाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ । सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति महासङ्घ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ । शक्ति पृथकीकरणको सिद्धान्तको सही अभ्यासमा गम्भीर हुन महासङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गरेको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago