काठमाडौं । सर्वोच्च अदालत परिसर र परिसरबाहिर समाचार सङ्कलन गर्न गएका पत्रकारलाई पुर्याइएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पछिल्लो समय न्याय क्षेत्रमा देखिएको विकृतिको समाचार सङ्कलन गर्ने क्रममा पत्रकारलाई अदालत र प्रहरी प्रशासनबाट अवरोध पुर्याउने र दुव्र्यवहार गर्ने गरेको आज महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विगत केही समयदेखि न्याय क्षेत्रमा देखिएको विकृतिको अन्त्य र सर्वोच्च अदालतका प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएशनले विगत केही दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको छ । स्वतन्त्र रूपमा समाचार सङ्कलनमा जुटेका पत्रकारमाथि अदालत र प्रहरी प्रशासनबाट भएको कार्य निन्दनीय हुनाका साथै पत्रकारको संवैधानिक स्वतन्त्रता र अधिकारमाथिको हस्तक्षेप भएको बताइएको छ ।
महासङ्घ पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्बाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ । सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति महासङ्घ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ । शक्ति पृथकीकरणको सिद्धान्तको सही अभ्यासमा गम्भीर हुन महासङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गरेको छ ।
काठमाडौँ – सर्लाही क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार…
झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्। वालेन्द्र शाह (रास्वपा) १३,६५४ मत…
झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्। वालेन्द्र…
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…