सुशील ढुंगाना ।
आधुनिक वा वैज्ञानिक कृषि प्रणालीको प्रसंग आउँदा इजरायलको नाम सबैभन्दा अगाडि आउँछ । छोटो समयमा कृषिजन्य उत्पादनमाउदाहरण बनेको इजरायल वास्तवमा नै आधुनिक विश्वको नमूना नै बनिसकेको छ ।
एउटा अनौठो विषयवाट कुरा सुरु गरौं, इजरायलमा कृषि कर्मका लागि आवश्यक पानी सरकारसँग खरिद गर्छन् किसान । यस बर्ष कतिपानी चाहिन्छ भनेर किसानले अग्रिम रूपमा फारम भर्नुपर्छ । सोही मुताबिक सरकारले शुल्क लिएर पानीको व्यवस्था गरिदिन्छ । किनभनेइजरायल पानीको हाहाकार हुने देश हो ।
भनिरहनु पर्दैन कि, इजरायलमा पानीको निक्कै ठूलो खडेरी छ । त्यही भएर पनि हुन सक्छ, उसले खान र सिँचाई गर्न प्रयोग भइसकेकोपानीलाई रिसाईक्लिन प्रविधिबाट पटक–पटक प्रयोगमा ल्याउँछ । इजरायलको सिँचाई प्रविधि विश्वमै सर्वश्रेष्ठ मानिन्छ ।
इजरायलले विकास गरेको थोपा सिँचाई प्रविधिले नै मरुभूमिजस्तो देशमा सिँचाई सम्भव भएको हो ।
इजरायलले पानीको प्रयोगलाई समेत कम्प्युटर प्रणालीबाट नियन्त्रित गर्दछ । उसले स्याटेलाईटबाटै कुन बोटबिरुवालाई पानीको अभावछ ? कुनलाई बढी भयो ? वा कुन बोटबिरुवा बिरामी छ ? भन्ने सम्मको जानकारी प्राप्त गर्ने प्रविधि विकास गरेको छ । सोही प्रविधिकोआधारमा बोटबिरुवा पहिचान गरेर पानी वा आवश्यक सामग्री पुर्याएर समस्याको समाधान गर्छ । पानीको चरम अभाव भएकै कारणइजरायलले थोपा सिँचाईको अवधारणा पनि विकास गरेको छ ।
थोपा सिँचाई विधिले पानीको ९० प्रतिशत अंशलाई प्रयोगमा ल्याउँदछ भने १० प्रतिशत मात्रै खेर जान सक्दछ । हाम्रो जस्तो सिँचाईप्रणालीमा ठ्याक्कै उल्टो हुन्छ, १० प्रतिशत उपयोग र ९० प्रतिशत अनावश्यक । इजरायलले विकास गरेको थोपा सिँचाई प्रविधिले नैमरुभूमिजस्तो देशमा सिँचाई सम्भव भएको हो । तर, इजरायलमा जस्तो हाम्रोमा वैज्ञानिक विधिबाट पानीको सही र सन्तुलित प्रयोगगरिंदैन । बर्षात् र खडेरी अथवा सुख्खा याम र सुख्खा ठाउँको लागि पानी भएको ठाउँबाट ल्याएर वा डाईभर्सन अथवा लिफ्ट प्रविधिकोप्रयोग गरेर आपूर्ति सहज पारिदैन ।
मरुभूमिजस्तो एउटा सानो यस देशले भारत र चीनजस्ता संसारकै ठूला देशलाई समेत आधुनिक कृषि प्रविधि बेच्दछ र कृषिकर्मसिकाउँछ ।
इजरायलमा ब्यक्तिगत र सामूहिक गरी दुई हिसावमा कृषि प्रणाली कायम छ ।
सन् २०१८ को जनगणनाअनुसार इजरायलको जनसंख्या नेपालको भन्दा दुई तिहाई कम अर्थात् ८८.८६ लाख मात्रै छ ।
इजरायल र नेपालको विपरित विशेषता
नेपालको ठ्याक्कै पाँच नम्बर प्रदेश जत्रो छ इजरायल । अर्थात् २२ हजार १ सय ४५ हजार बर्ग किमि क्षेत्रफल मात्रै छ । नेपालको कुलक्षेत्रफलभन्दा झण्डै सात गुणा सानो छ, इजरायल ।
सन् २०१८ को जनगणनाअनुसार इजरायलको जनसंख्या नेपालको भन्दा दुई तिहाई कम अर्थात् ८८.८६ लाख मात्रै छ ।
इजरायलमा कुल क्षेत्रफलको आधाभन्दा बढी भू–भाग मरुभूमि छ । केवल २० प्रतिशत भू–भाग अर्थात् ४ लाख ४० हजार हेक्टर जमिनमात्रै कृषिको लागि योग्य छ । त्यसमध्ये पनि मात्रै ३ लाख ६० हजार हेक्टर जमिन कृषिको लागि प्रयोग गरिन्छ । नेपालको भू–भागसँगदाँज्ने हो भने डोल्पा जिल्लाको करिब आधा भाग जतिमा मात्रै कृषि कर्म गरिन्छ, इजरायलमा ।
अझ उदेक लाग्दो कुरा त के छ भने कृषि प्रधान देशका हामी ६० प्रतिशत किसानलाई आफ्नो उत्पादनले बर्षभरि खान नै पुग्दैन । यो तथ्यकृषिगणना २०६८ मा उल्लेख छ ।
इजरायलमा ९७.८८ प्रतिशत जमिन र २.१२ प्रतिशत पानी छ । जबकि नेपालमा ९२.९४ प्रतिशत जमिन ७.०६ प्रतिशत पानी छ ।
इजरायलमा मात्रै ३.७ प्रतिशत कृषकले गरेको कृषि कर्मबाट देशलाई चाहिने कृषि उपजको मागको ९५ प्रतिशत पुरा गरेर ८० प्रतिशतकृषि उपज विदेश निर्यात हुन्छ । यसबाट उसले बार्षिक अर्बौ डलर कमाइ गर्छ । नेपालमा भने ८३ प्रतिशत किसानले गरेको कृषि कर्मबाटपनि देशलाई चाहिने माग पुरा नभएर बर्षेनी २ खर्ब २० अर्बको कृषि उपज आयात गर्नुपर्छ । अझ उदेक लाग्दो कुरा त के छ भने कृषिप्रधान देशका हामी ६० प्रतिशत किसानलाई आफ्नो उत्पादनले बर्षभरि खान नै पुग्दैन । यो तथ्य कृषिगणना २०६८ मा उल्लेख छ ।
नेपाल कृषि प्रधान देश हो । राष्ट्रिय जनगणना २०६८ बमोजिम नेपालमा कुल परिवार संख्या ५४ लाख २७, हजार ३०२ छ । यसमध्ये ३८लाख ३१ हजार परिबार कृषक छन् । यहाँ इजरायल भन्दा ७ गुणा बढी अर्थात् २५,२५,००० हेक्टर जमिनमा कृषि कर्म गरिन्छ । उक्तक्षेत्रफलमध्ये ९५ प्रतिशत भूमिमा बार्षिक खेती गरिन्छ भने ५ प्रतिशतमा स्थायी खेती गरिन्छ । कृषि क्षेत्रबाट कुल ग्राहस्थ उत्पादनमा २७प्रतिशत बराबरको योगदान रहेको छ । देशका ६५ प्रतिशत नागरिकलाई कृषि क्षेत्रले रोजगारी दिएको तथ्याङ्कले देखाउँदछ । गणनाले८३ प्रतिशत कृषकको मुख्य आयको स्रोत पनि कृषि नै रहेको औँल्याएको छ ।
इजरायली कृषि प्रविधिलाई हाम्रो देशमा उतार्न आवश्यक छ । हाम्रो भूगोलमा कृषिको लागि सहज श्रम, अनूकुल माटो, पानीजस्ताआवश्यक हरेक सामर्थ्य मौजुद र पर्याप्त छ ।
निष्कर्ष
वास्तवमा इजरायल कृषिको लागि बनेको ठाउँ नै होइन । यहाँको प्रकृति कृषिको लागि पूर्ण रूपमा प्रतिकुल छ । पानीको चरम अभाव छ। त्यसमाथि युद्धले थिलथिलो भएको देश हो, इजरायल । जसको वरिपरि मित्र कम र शत्रु ज्यादा छन् । कृषि कर्मको लागि छोडिदिनुस्, इजरायलले हरेक क्षण युद्धको त्रासमा बाँच्नु पर्दछ । तथापि त्यहाँ एउटा कृषिमा मात्रै हैन, विज्ञान, प्रविधिजस्ता धेरै बिषयमाचमात्कारिक प्रगति छ ।
इजरायली कृषि प्रविधिलाई हाम्रो देशमा उतार्न आवश्यक छ । हाम्रो भूगोलमा कृषिको लागि सहज श्रम, अनूकुल माटो, पानीजस्ताआवश्यक हरेक सामर्थ्य मौजुद र पर्याप्त छ ।
त्यसैले, कृषिको लागि किसानलाई सित्तैमा पानि नदिने तर बेचेको पानीले फलाएको कृषि उपज विदेश निर्यात गरेर अर्बौ डलर कमाउनेमरुभूमितुल्य एउटा सानो देश इजरायलबाट हाम्रो कृषिले धेरै कुरा सिक्न जरुरी छ ।
लेखक ढुंगाना आधुनिक कृषि ज्ञान केन्द्र तीनकुने, काठमाडौंका सञ्चालक हुन् ।
namastesushilg@gmail.com 9851199132