प्रधानन्यायाधीशको राजीनामा माग्दै शान्ति समाजको प्रदर्शन

२०७८, २७ कार्तिक शनिबार ११:१७

चितवन । मानवअधिकार तथा शान्ति समाज चितवनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै जुलुस प्रदर्शन गरेको छ । समाजले शनिबार बिहान चितवनको पुलचोकमा आधा घण्टा प्रदर्शन गरेको हो । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोबिन्द खनाल लगायत दर्जनौ अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

फाइल फोटो
प्रदर्शनमा न्यायालयलाई प्रदूषित बनाउन पाईंदैन, सौदाबाजी गर्ने प्रधानन्यायाधीश चाहिँदैन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु