शेरबहादुर देउवा भृकुटीमण्डपस्थित मतदान केन्द्र पुगे

२०७८, २७ मंसिर सोमबार २०:४३

प्रधानमन्त्री तथा काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवा भृकुटीमण्डपस्थित मतदान केन्द्र पुगेका छन् ।

राष्ट्रिय सभागृह मतदान केन्द्रस्थलमा एक घन्टा बसेर उनी यता आएका हुन् । नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेसको राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान जारी छ ।

राष्टंरिय सभागृहबाट बाहिरिएका देउवा भृकुटीमण्डपमा पुगेर प्रतिनिधिहरुलाई मत मागिरहेका छन् । देउवाले मतदान सुरु भएको केही घन्टामै मतदान गरेर बाहिरिएका थिए । मतदान गरेर बाहिरिए पनि उनी राष्ट्रिय सभागृहस्थित मतदानस्थलमा पुगेका थिए । त्यहाँ करिब एक घन्टा बसेपछि उनी भृकुटिमण्डपतिर गएका हुन् ।

कांग्रेसको नयाँ नेतृत्व चयन गर्नका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृह गरी दुई स्थानमा मतदान केन्द्र बनाइएको छ । निर्धारित समयभन्दा करिब तीन घण्टा ढिलो गरेर ११ बजे मतदान सुरु भएको थियो ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

यही टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ । शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु