गाउँपालिकाद्वारा बिद्यालयहरुको आक्स्मिक अनुगमन

२०७८, २२ मंसिर बुधबार १८:२५

हरि जिसी, पाल्पा, २२ मंसिर । माथागढी गाउँपालिकाले बिद्यालयहरुको आक्स्मिक अनुगमन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा प्रवक्ता मधु पराजुली, शिक्षा कार्यक्रम संयोजक अशेष भट्टराई र शिक्षा सम्पर्क ब्यक्ति गजेन्द्र पन्थीको टोलीले पालिकाका बिद्यालयहरुको अनुगमन गरेको हो । मङ्सिर २१ गते वडा न ४ का किसान मावि र कर्णधार प्राविमा बिद्यालय समयको पहिलो प्रहरमै अनुगमन गरिएको हो। अनुगमनका क्रममा शिक्षक विद्यार्थी हाजिरी, बैठकका निर्णय र नियमितता, सम्पुर्ण कक्षा अवलोकन, भौतिक तथा प्रशासनिक पक्षको सूक्ष्म अनुसन्धान गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनु भयो। कुनै पुर्व सुचना बिना गरिएको आकस्मिक अनुगमनले बिद्यालयको यथार्थ अवस्था जानकारी हुने हुनाले त्यसबाट बिद्यालयका सबल र सुधार गर्नुपर्ने पक्षहरु केलाउन सकिने हुनाले यस्तो अनुगमन गरिएको शिक्षा कार्यक्रम संयोजक भट्टराईले बताउनु भयो। बिद्यार्थी, शिक्षक र प्रअसङ्गको छलफल, कागजात निरिक्षण, सबैकक्षा अवलोकन र भौतिक निरिक्षण पश्चात बिद्यालयको सबल र सुधार गर्नुपर्ने कुराहरु लिखित रुपमै दिइएकोले बिद्यालयको गुणस्तर सुधार हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिका भित्रका सम्पुर्ण ४५ वटै बिद्यालयमा यस्तै आकस्मिक निरिक्षण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले जानकारी दिनुभयो।

Comments

ताजा खबर