सवारी चालकलाई सडक सुरक्षा सतर्कता सम्बन्धि सचेतता

२०७८, २० मंसिर सोमबार ०८:५७

पाल्पा, २० मङ्सिर ।
सार्बजनिक तथा सरकारी सवारी साधनका चालकहरूलाई सडक सुरक्षा सतर्कता सम्बन्धि प्रशिक्षण दिईएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा १ दिने ट्राफिक चेतना प्रवर्द्धन कार्यक्रम तानसेनमा सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेशका सुचना तथा सँचार मन्त्री  तिलकराम शर्माले कार्यक्रमको उद्घाटन गर्दै सार्बजनिक यातायातको यात्रा सुरक्षित बनाउन सवारीका चालक, सहचालकहरु जिम्मेवार बन्न आग्रह गर्नुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारि जगन्नाथ पन्तले सडकमा हुने लापरबाहीले दुर्घटना बढेकोले यसको नियन्त्रण गर्न चालक मजदुर नै जिम्मेवारी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका मुख्य प्रशिक्षक लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायक उपरिक्षक श्री मोहन वहादुर खाँण र प्रहरी नायक निरिक्षक हुमानन्द खनाल रहनुभएको थियो ।

कार्यक्रममा श्रीनगर यातायात सेवा कम्पनी प्रालीका सवारीचालक, सहचालक, र पाल्पाका सरकारी कार्यालयका सवारी चालक समेत गरि कुल १ सय ५५ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा माननीय गीता थापा, प्रदेश उपसचिव दामोदर भन्डारी, पाल्पाका प्रहरी प्रमुख सन्तोष कुमार भट्टराई लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण श्रीनगर यातायात सेवा कम्पनी प्रालीले गरेको थियो । कार्यक्रमकाे सञ्चालन मन्त्रालयका शाखा अधिकृत देवीराम पाठकले गर्नु भएको थियोे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु