नमुना बहुउद्देश्यीय सहकारी संस्थाको तेश्रो साधारणसभा सम्पन्न

२०७८, १९ मंसिर आईतवार ०९:१६

तानसेन, १९ मङ्सिर । नमुना बहुउद्देश्यीय सहकारी संस्थाको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहिले समभाब राखी उत्पादनमुखी काममा ऋण प्रवाहगरि सदस्यलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।

सहकारीको संख्या होइन गुणात्मक बिकास गर्नुपर्ने अहिलेको आवस्यकता रहेको बताउदै सहकारी कर्मीलाई प्रशिक्षण र लगानीको सुरक्षणका निम्ति नगर सरकारको सहयोग गर्ने, कृषिमा आधारित भएर अनुदान दिने, कृषि उपजको बितरणका लागी ब्यवस्थित र आधुनिक प्याकेज ल्याउने नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो । सदस्यको क्षमता बिकासका निम्ति नमुना सहकारी सफलताको सिडि बन्न सकोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।

जिल्ला सहकारी संघका सचिब कृश्न भुसाल, श्रीनगर यातायात सेवा कम्पनीका कम्पनि सचिब भबिन्द्र गौतमले शुभकामना ब्यक्त गर्दै सहकारीले नीति विधि र प्रबिधिको प्रयोग गरि शेयर सदस्यको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाले आगामी बर्षमा सुपथ पसल सन्चालन गर्ने लक्ष्य लिएको छ । सहकारीका ३ सय ९२ शेयर सदस्यबाट १८ लाख ४१ हजार बराबरको शेयर पुजी रहेको छ । सहकारीले आर्थिक बर्ष ०७७/७८ मा १ लाख ३२ हजार नाफा गरेको छ । सहकारीको कुल कारोबार १ करोड १४ लाख रहेको छ । साधारणसभाको अवसरमा उत्कृष्ट काम कर्मचारी, नियमित बचतकर्ता, असल ऋणीहरुलाई सम्मान गरेको थियो ।

संस्था आर्थिक प्रतिबदेन कोषाध्यक्ष टेक बहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो । बार्षिक साधारण सभाको कार्यक्रम संस्थाका अध्यक्ष नवीन थापाको अध्यक्षता, सदस्य नारायण पौडेलको स्वागत र सहसचिब नरमती सिन्जालीको सन्चालनमा सम्पन्न भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु