कक्षा १२ को नतिजा प्रकाशित

२०७८, १७ मंसिर शुक्रबार ११:५६

पाल्पा। ‍राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि परीक्षा लिएकाे कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।

फाइल तस्विर

बोर्डले सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ र ४८ हजार २३९ विद्यार्थीले ‘ए’ ग्रेड प्राप्त गर्न सफल भएको जनाएको छ। बोर्डका अनुसार ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ ‘बी’, ७५ हजार ८८ ‘सी प्लस’ र २४ हजार ५१५  परीक्षार्थीले ‘सी’ ग्रेड ल्याएका छन्। गत भदौ ३० गतेदेखि होम सेन्टरमा कक्षा १२ को परीक्षा लिएको थियो।

Comments

ताजा खबर