राष्ट्रपतिवाट विभिन्न ६ वटा अध्यादेश जारी

२०७८, १६ मंसिर बिहीबार १३:०१

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासद्वारा राष्ट्रपतिले ६ वटा अध्यादेश जारी गर्नुभएकाे जानकारी दिएकाे हाे ।

नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश–२०७८ जारी गर्नुभएकाे छ।

फाइल फोटो

त्यस्तै, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ र रेल्वे अध्यादेश–२०७८ जारी गर्नुभएको शितल निवास स्राेतले जनाएकाे छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु