देशका धेरै ठाउँमा पानी पर्ने, हिमाली जिल्लामा हिमपातको सम्भावना

२०७८, १६ मंसिर बिहीबार ०९:२४

पाल्पा, १६ मङ्सिर ।
पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । मौसम सम्बन्धी विशेष बुलेटिन निकालेर आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र हिमाली जिल्लामा भारी हिमपात हुन सक्ने जनाएको हो ।

फाइल तस्बिर

मौमसविद् समिर श्रेष्ठअनुसार आज दिउँसाे सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । यस्तै यी प्रदेशका हिमाली जिल्लामा मध्यमदेखि भारी हिमपात हुनेछ । यस्तै, राति पनि वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Comments

ताजा खबर