केपी ओलीले १०४६ मत ल्याउँदा भीम रावलले पाए १२२

२०७८, १४ मंसिर मंगलवार १४:४६

सौराह – चितवनको सौराहमा जारी एमालेको १० औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा केपी शर्मा ओलीले १०४६ मत पाउँदा  पाउँदा भीम रावलले १२२ मत पाएका छन्। अहिलेसम्म ४९ वटा मेसिनको मतगणना भइसकेको छ।

सौराहस्थित सेभेन स्टार होटल परिसरमा विद्युतीय माध्यमबाट मतदान गरिएको थियो। जसको अन्तिम परिणाम एकघन्टाभित्रै आउने निर्वाचन आयोगले जनाएको छ।

मतदानमा दुई हजार ९६ मत खसेको थियो। १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि मतदान भएको हो। निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथसँगै पहिलो केन्द्रीय समितिको बैठकसमेत सौराहमै हुने एमालेले जनाएको छ।

अध्यक्षमा ओलीविरुद्ध रावलले उम्मेदवारी दिने अडान लिएपछि सर्वसम्मत नेतृत्व चयन गर्ने महाधिवेशनको प्रयास असफल भएको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु