एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामै हुने

२०७८, १४ मंसिर मंगलवार १४:४१

१४ मंसिर, चितवन।
नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ ।

शपथग्रहण कार्यक्रम मंगलबार २ बजेलाई गर्ने तयारी गरे पनि मत परिणाम आइनसकेका कारण केही ढिलाइ हुने एमाले नेता आनन्दप्रसाद पोखरेलले जानकारी दिए । नेतृत्व चयनका लागि भएको मतदानको मतगणना यतिबेला जारी रहेको छ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको जानकारी दिए । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।

सुब्बाका अनुसार विद्युतीय मेसिनका प्राविधिकहरुले अबको अढाई घण्टाभित्र मतपरिमाण आउने सक्ने बताएका छन् ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु