जापानमा सबै विदेशीलाई अनिश्चितकालका लागि प्रवेश निषेध

२०७८, १३ मंसिर सोमबार १३:१८

१३ मंसिर, एजेन्सी ।
कोभिड–१९ को नयाँ भेरिएन्ट विश्वभर फैलन थालेसँगै जापानले सोमबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

प्रतिबन्धको घोषणा गर्दै प्रधामन्त्री फुमियो किसिदाले भने, ‘खराब अवस्था आउन नदिन हामीले आपतकालिन निर्णय गरेका छौं ।’

एक महिना पहिले जापानले विद्यार्थी, कामदार र पर्यटकको लागि खुला गर्ने निर्णय गरेको थियो । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको नयाँ भेरिएन्ट ‘ओमाइक्रोन’ फैलन थालेपछि जापानले यस्तो निर्णय लिएको हो ।

प्रधानमन्त्री किसिदाले नयाँ भेरिएन्टबारे थप जानकारी नआइञ्जेल मास्क लगाउने र सामाजिक दूरी कायम गर्नेजस्ता मापदण्डलाई कडाइसँग पालना गर्न आग्रह गरेका छन् ।

Comments

ताजा खबर