झापाकी इन्दिरा सङ्ग्रौलासँग मुकुन्देले गरे इन्गेजमेन्ट

२०७८, ११ मंसिर शनिबार २०:०२

काठमाडौं । समृद्ध नेपाल ‘मुकुन्दल्याण्ड’ बनाउन लागिपरेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले शनिबार इन्गेजमेन्ट गरेका छन् ।

झापाकी इन्दिरा सङ्ग्रौलासँग इन्गेजमेन्ट गरेको फेसबुकमार्फत जानकारी दिएका उनले बिहे कहिले गर्ने भन्नेबारे खुलाएका छैनन् ।

कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गर्ने उनी पछिल्लो समय सामाजिक सञ्जालमा खुबै चर्चामा छन् । आम मानिसभन्दा आफू फरक रहेको बताउने उनी मुकुन्दल्याण्डको उद्घोष गर्दै आएका छन् ।

केही महिना यता मङ्सिरमा बिहे गर्ने भन्दै सामाजिक सञ्जालमार्फत उनले केटी खोजिरहेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु