नायक राजेश हमाल नयाँ जीप कम्पासको साथमा जीप लाइफमा प्रवेश

२०७८, ९ मंसिर बिहीबार १८:५७

काठमाडाैँ– नायक राजेश हमाल नयाँ जीप कम्पासको साथमा जीप लाइफमा प्रवेश गरेका छन् ।बिहीबार हमाल र उनकी श्रीमती मधु भट्टराईले नक्सालस्थित जीप सोरुमबाट लेजेन्डरी जीप कम्पासको डेलिभरी लिएका हुन् ।

‘मैले युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको थिए । सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जीप पनि चलाएको थिएँ । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ,’ उनले भने, ‘म खुसी छु कि आज मैले जीप किनें ।

केही महिनाअघि नयाँ जीप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जीपको विक्री उल्लेखनीय रुपमा बढिरहेको छ । यो सकारात्मक गति यो आर्थिक वर्षको अन्तसम्म पनि जारी रहने अपेक्षा एमएडब्लु लाइफले गरेको छ ।

‘जीपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख अनिश लामिछाने भने, ‘नेपाली बजारले नयाँ जीप कम्पासलाई सहजै स्विकारेको छ र हामी निकै उत्साहित छौं ।’ नयाँ कम्पासमा जीपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरूको लामो सूची छ ।

र सबैभन्दा महत्त्वपूर्ण कुरा कम्पासमा जीपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी’ छ जसले चालकलाई जहाँसुकै गरेर जेसुकै गर्ने (गो एनिह्वेर, डु एनिथिङ) गर्न मद्दत गर्छ ।
नेपालमा नयाँ जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ जसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रूपैयाँसम्म रहेको कम्पनीले जनाएकाे छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु