पाकिस्तान सरकारले बलात्कार गरेको पुष्टि भएको अवस्थामा नपुङ्सक बनाउन सकिने कानून

२०७८, ४ मंसिर शनिबार ०४:४२
काठमाडौं । पाकिस्तान सरकारले बलात्कार गरेको पुष्टि भएको अवस्थामा नपुङ्सक बनाउन सकिने कानून पारित गरेको छ । पाकिस्तानको संसदले हालै पारित गरेको नयाँ विद्येयकमा यस्तो व्यवस्था समेटिएको हो ।

विद्येयकमा लामो समयसमम्म बलात्कार गरेको प्रमाणित भएको अवस्थामा अदालताले औषधि दिएर आजिवन यौन सम्पर्क गर्न नसक्ने बनाउने गरि आदेश दिन सक्ने बताइएकाे छ । त्यसपछि उसले मेडिकललाइ सिफारिस गर्नेछ ।

जसमा केमिकल कास्ट्रेशन भन्ने औषधि प्रयोग हुनेछ । उक्त विद्येयकमा भनिएको छ, ‘रासायनिक (नपुंसकीकरण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ । यसबाट एक व्यक्तिलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आदेश दिन्छ । सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ।’

पाकिस्तानमा बलात्कारको घटना उल्लेख्य मात्रामा बढेको भन्दै कडा कानून बनाउन सरकारलाई सुझाव दिइदै आएको थियो । तर यो कट्टरपन्थी इस्लामिक समूहले भने बलात्कारीलाई दिइने यो सजायको प्रवाधानको बिरोध जनाएको छ ।

इस्लामिक कानूनमा कसैलाई नपुङ्सक पार्नेबारे उल्लेख नगरिएकोले यो प्रावधानको विरोध गरेको जनाएको छ ।

पाकिस्तानको लाहौरमा यसअघि एक महिलामाथि दुई सन्तानै अगाडी समूहिक बलात्कार भएको घटनापछि दोसीमाथि कडा कारवाही गनरिनुपने आवाज उठेको थियो ।

यो सँगै पाकिस्तान सरकारले पनि सहमति जनाउँदै बलात्कारीलाई नपुङ्सक बनाउने प्रवधान ल्याएको बीबीसीले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु