२०२२ को विन्टर ओलम्पिकको मेडल सार्वजनिक

२०७८, १५ कार्तिक सोमबार ११:०९

एजेन्सी । सन् २०२२ मा हुने विन्टर ओलम्पिकमा वितरण हुने मेडलको डिजाइन चीनले सार्वजनिक गरेको छ ।

फाइल फोटो

जसमा उसले ती मेडलको नाम ‘टोङसिन’ अर्थात ‘एकसाथ एउटै रुप’ भन्ने दिएको छ । प्रतियोगिताको आयोजक समितीले मेडललाई प्राचीनकालमा ढुंगामा बनाइने कला जस्तै आकृती दिएको जनाएको छ । मेडलको बोर्डमा परम्परागत जेड डिस्कको प्रयोग गरिएको छ । यस्तै पारालम्पिक्समा दिइने मेडलको डिजाइनपनि उस्तै रहेको छ ।

जसमा दृष्टिविहिनले पढ्नसक्ने गरि ब्रेलमा पनि लेखिएको छ । प्रतियोगिता आउन एक सय दिन बाँकी रहेका बेला आयोजकले मेडलको डिजाइन सार्वजनिक गरेका हुन ।चीनमा हुने विन्टर ओलम्पिक २०२२ को फेब्रेवरी चार देखि सुरु हुनेछ भने पारालम्पिक्स मार्च ४ बाट सुरु हुनेछ । मेडलको नाम ‘टोङसिन’ अर्थात ‘एकसाथ एउटै रुप’ भन्ने दिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु