दशैं बिदा सकिएसँगै वजारमा चहलपहल वढ्याे

२०७८, ३१ आश्विन आईतवार १२:२६

असोज ३१, पाल्पा । दशैं बिदा सकिएसँगै वजारमा चहलपहल वढेकाे छ । दशैं मनाउन गाउँघर गएकाहरु शहर वजार भित्रिने क्रम जारी छ । दशैंको विदाकाे अवसरमा बन्द भएका सरकारी कार्यालय तथा बैंक तथा वित्तीय संस्थाहरु पनि आजबाट खुलेका छन् । पाल्पाको तानसेनमा पसल व्यवसाय पनी खुलेका छन् । यस सँगै वजारमा चहलपहल वढेकाे हाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख ज्ञान प्रसाद ज्ञवालीका अनुसार शिद्धार्थ राजमार्ग तथा तानसेन गुल्मी सडक खण्डमा सवारीसाधनकाे चाप वढ्काे छ । ठुला सवारीसाधनकाे तुलनामा साना सवारीसाधनकाे चाप धेरै रहेकाे छ ।

टीकाको तेस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन  रहेकाे छ ।

Comments

ताजा खबर