गोरखामा भूकम्पको धक्का

२०७८, ३१ आश्विन आईतवार ११:५६

असोज ३१, पाल्पा । गोरखाको मानबु आसपासमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ४ बजेर ९ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४ दशमलव ३ म्याग्निच्युटको परकम्पको  मापन भएकाे छ । यो २०७२ सालको भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Comments

ताजा खबर