शोकप्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक चैत ३ गते

२०७७, २६ फाल्गुन बुधबार १४:०१

काठमाडौं फागुन २६। हिउँदे अधिवेशन अन्तर्गत आज बसेको प्रतिनिधिसभाको दोश्रो बैठक शोक प्रस्ताव पारितमै सिमित भएको छ ।  बैठकअघि विभिन्न ६ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची राखिएपनि अन्तिम समयमा परिवर्तन गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसुची मात्रै राखिएको हो ।

फाइल फोटो
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने हुन्छ । गत फागुन २३ गतेको बैठकको कार्यसूचीमा अध्यादेश राखिएपछि प्रचण्ड पक्ष, कांग्रेस, जसपाले विरोध गरेका थिए ।  आज पनि कार्यसूचीमा अध्यादेश टेबल गर्ने तयारी भएपनि संसदीय मामिला तथा कानुन मन्त्रीले कुनै गृहकार्य र समन्वय नगरेको स्रोतले बतायो । पछि दलका नेताहरुले संवोधन गर्ने कार्यसूचीमा सहमति जुटेको थियो तर पछि बोल्न असहमत भएपछि त्यसलाई पनि हटाइएको थियो ।

प्रतिनिधिसभा तथा संविधानसभा अन्तर्गतका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दैै बैठक सकिएको हो ।  चैत ३ गते मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु