पाल्पा, २८ माघ । नेपाल पत्रकार महासंघ पाल्पाको साधारण सभाको पाल्पामा सम्पन्न भएको छ । सभाको अवसरमा जिल्लामा क्रियाशिल १८ जना पत्रकारहरु पुरस्कृत भएका छन । नगद १५ हजार राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार बासुदेव ढकाल र देव पचभैयालाई दोसला र प्रमाणपत्रले सम्मानित गरेको हो ।
७ हजार ५ सय राशीको सिर्जनशील पत्रकारिता पुरस्कार २०७७ बाट सन्तोष बस्याल, रमादेवी अर्याल, भुवन रायमाझी र विजयकुमार बौडेल, १० हजार राशीको ग्रामीण पत्रकारिता पुरस्कार बाट बन्दना पोखरेल, इमान सिं राना, ५ हजार राशीको मानवअधिकार पत्रकारिता पुरस्कार बाट विरेन्द्र घिमिरे, ५ हजार राशीको देवीभक्तचोलकुमारी सामाजिक पत्रकारिता पुरस्कार बाट अनिल लिगल, ३ हजार ५ सय राशीको सामाजिक जागरण पत्रकारिता पुरस्कार बाट तुल बहादुर थापा र ३ हजार राशीको लेखनवृत्ति प्रोत्साहन बाट यज्ञमुर्ति तिमिल्सिना, मुक्तिप्रसाद न्यौपाने, डोल बहादुर वि.क., दिपक भट्टराई, दयाराज न्यौपाने, विष्णु प्रसाद घिमिरे, भोजराज तिमिल्सिना पुरस्कृत भएको हो ।
बाह्रौ साधारण सभाको अवसरमा विभिन्न पुरस्कारहरु बाट पुरस्कृत गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पुरस्कार वितरण गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले जिल्लामा क्रियाशिल पत्रकारहरु मध्ये बाट छनौट गरी पुरस्कृत गरिएको र अन्य पत्रकारहरुलाई पनि आगामी दिनमा क्रमश पुरस्कृत गर्दै जाने बताउनुभयो ।