जापानले खोप लगाएका यात्रीहरुका लागि क्वारन्टिन अवधि छोट्याउँदै नेपालीलाइ जापान छिर्न सहज हुदै

२०७८, ११ आश्विन सोमबार १९:५७

जापानले कोरोना भाइरस विरुद्धको खोप लगाएका यात्रीहरुको लागि क्वारन्टिन अवधि छोट्याउने भएको छ । अक्टोबर १ देखि लागू हुने गरी घरमै सेल्फ–आइसोलेशमा बस्नु पर्ने अवधि १४ दिनबाट घटाएर १० दिनमा झार्न खोजिएको सोमबार सरकारले बताएको हो ।

अन्तरराष्ट्रिय यात्रा पुनः शुरु गर्न खोजिरहेको अवस्था यस्तो कदम चालिएको हो । पूरा खोप लगाएका यात्रीहरुले जापान आएको १० दिनपछि कोरोना परीक्षणको नतिजा नकारात्मक आयो भने घर बाहिर जाने अनुमति पाउने मन्त्री परिषद्का मुख्य सचिव खाचुनोबु कातोले पत्रकार सम्मेलनमा भनेका थिए ।

नेपालीलाइ जापान छिर्न सहज हुदै । नेपालबाट आउनुहुने यात्रुहरुले हाल सरकारको होल्डिंग सेन्टरमा ३दिन बस्नुपर्ने व्यबस्थालाइ यहि ३० तारिक बाट हटाउने भएको छ।उक्त मिति पछि जापान छिर्ने महानुभावले एयरपोर्टको टेस्ट नेगेटिभ आयमा सोहिदिन निजी सवारीमा घर जान सक्नेछन्। यद्दपी १४ दिनको क्वारेनटाइन भने पालन गर्नु पर्नेछ।

जापान छिरेको दिनलाइ गनिने छैन। तसर्थ भोलिपल्टलाइ डे वान गनेर अनिवार्य १४ दिन होम क्वारेनटाइनमा बसिदिनुहोला।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु