नेकपा (एस) गण्डकीको अध्यक्षमा तुलबहादुर गुरुङ

२०७८, २९ भाद्र मंगलवार ११:१४

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन भएका छन् ।

फाईल फोटो

प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकले गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको हो । प्रदेश कमिटीको सचिवमा प्रतापलाल श्रेष्ठ, उपसचिवमा श्रीनाथ बराल रहेका छन् ।

कमिटीमा उपाध्यक्ष र महिला उप सचिव पद खालि राखिएको केन्द्रिय सदस्य चुडामणि जंगलीले जानकारी दिए ।

कमिटीमा केन्दी्रय सदस्य र जिल्ला अध्यक्षहरु पदेन रहने उनले बताए । बैठकले कमिटीहरु निर्माण गर्ने र पार्टीजीवनलाई थप व्यवस्थित बनाउँदै लैजाने निर्णय समेत गरको छ ।

‘पदाधिकारी छान्नकै लागि हिजोदेखि बैठक बसेको हो, आज टुंगो लाग्यो,’ उनले भने, ‘बाँकी रहेका २ पदाधिकारीको पद छिट्टै नै टुंग्याउने छौं ।’ गण्डकी प्रदेशका अध्यक्ष बनेका गुरुङ पूर्वमन्त्री हुन् भने अनेरास्ववियुको दुई कार्यकाल केन्द्रीय अध्यक्ष सम्हालेका थिए ।

Comments

ताजा खबर