पहिरो हटाउन दुई रात राजमार्ग बन्द हुने

२०७८, १७ भाद्र बिहीबार १३:५३

पाल्पा, १७ भदौ ।
निरन्तरको बर्षाले खसेको पहिरो पन्छाउन दुई रात सडक बन्द हुने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–८, डुम्रेमा खसेको पहिरो हटाउन साँझको ७ बजेदेखि बिहान ६ बजेसम्म राजमार्गको पहिरो खण्ड बन्द हुने भएकाे हो ।
सम्बन्धित समाचार ……..
अबरुद्ध राजमार्गको डुम्रेमा एकतर्फि खुल्यो, गौडेपुल नजिकैको पहिरो पन्छाउदै
बुटवल-तानसेन सडक खण्ड अवरुद्ध,एक जना बेपत्ता ,एक जनाको मृत्यु
सिद्धार्थ राजमार्ग भदौ १७ गते साँझ ७ बजेदेखि १८ गते दिन बिहान ६ बजेसम्म र १८ गते साँझ ७ बजेदेखि १९ गते बिहान ५ बजेसम्म बाटाेकाे पहिराे हटाउन बाटाे बन्द गर्न लागिएकाे जिल्ला प्रशाशन कार्यालय पाल्पाले जनाएको छ ।
गत साता गएको पहिरोले एक घर पुर्ण रुपमा पुरेको थियो भने केही घर आंशिक रुपमा क्षेती भएका थिए । उक्त क्षेत्रमा पहिरो खुलाउन ३ दिन लागेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु