निर्वाचन आयोगले माधव नेपाललाई अध्यक्ष चिन्दैन : सञ्चारमन्त्री गुरुङ

२०७७, २७ माघ मंगलवार ११:५८

काठमाडौंमाघ २७  सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले निर्वाचन आयोगले नेकपाको अध्यक्षका रुपमा केपी ओलीलाई मात्रै चिन्ने दाबी गरेका छन्।

फाइल फोटो

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री गुरुङले निर्वाचन आयोगले ओलीलाई मात्रै अध्यक्षका रुपमा चिन्ने र माधव नेपाललाई नचिन्ने भएका कारण नेकपाको आधिकारिकता आफूहरुले नै पाउने बताए।

सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले भने, ‘निर्वाचन आयोगले नेकपाको अध्यक्षको रुपमा माधव नेपाललाई चिन्दैन। त्यसकारण उहाँहरुको आधिकारिकताको दाबी पुग्दैन। पुगिहालेपनि हदम्याद पुग्दैन।’

उनले देश निर्वाचनतर्फ अगाडि बढिसकेको दाबी गर्दै आज प्रधानमन्त्री ओलीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले आयोग निर्वाचन गराउन तयारी गरिरहेको जानकारी दिएको बताए।सबै राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै उनले निर्वाचनको पक्षमा कलम चलाउन र जनतालाई विश्वासको वातावरण बनाउन सञ्चारकर्मीहरुसँग आग्रह पनि गरे।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु