अर्घाखाँची । सडकमा पार्क गरेर राखेको बसमा आगजनी भएको छ । सालझन्डी सन्धिखर्क ढोरपाटन सडक अन्तर्गत अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदान वाेहखरमा राेकी राखेको बसमा आगजनी भएको हाे । मगलवार राती करिब २ :४५ बजेको समयमा लु२ख ४२७२ नम्वरकाे वसमा आगाेलागी भएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ । आगजनी किन र कसरी भयाे भन्ने खुलेकाे छैन ।
श्रीनगर यातायत सेवा कम्पनी प्रालि द्धारा सञ्चालन रहेकाे उक्त वस मंगलवार दिउसाे सालझन्डीवाट यात्रु लिएर मैदान वाेहखर सम्म गएकाे थियाे । यात्रु झारेर सडकमा पार्क गरेर राखेको अवस्थामा रातकाे समयमा गाडीमा आगलागी भएकाे हाे । आगोले जलेर वस पूर्ण रुपमा क्षति भएकाे छ ।
घटना कसरी र किन भयाे यस सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ ।