घरले च्यापेर बालिकाको मृत्यु

२०७८, १३ भाद्र आईतवार ०८:५५

पाल्पा,१३ भदौ । तानसेन नगरपालिका ५ कैलाशनगरमा घरले च्यापेर एक जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अबिरल बर्षाका कारण गय राती करिब साढे २ बजे आफ्नै कच्चि घरमा सुतीरहेको बेला घरको गार्हो भत्किदा १० बर्षिय नैना दर्जीको मृत्यु हो ।

घरमा पुरिएकि दर्जिलाई उपचारको लागी युनाईटेड मिसन  अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर