बाढी पहिरो प्रभावितलाइ प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे सहयाेग

२०७८, १२ भाद्र शनिबार १५:३२
धादिङ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित धादिङ जिल्लाका विभिन्न स्थानका १०० परिवारलाई राहत सामाग्री वितरण गरेको छ । धादिङ जिल्लामा वितरण गरिएको राहत सामग्रीमा १०० थान सुविधा सम्पन्न टेन्ट, १०० थान प्लास्टिक सिट्स, ६७० थान स्लिपिङ म्याट रहेकाे छ । राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको र धादिङ लगायत सिन्धुपाल्चोक, गोरखा, मनाङ,रसुवा र दोलखा जिल्लामा वितरण गर्ने योजना समेत रहेको परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए ।
राहत सामग्रीहरू खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका प्रतिनिधि गमन तामाङ,राज तामाङ, नीलकण्ठ नगरपालिकाका शिक्षा संयोजक तुलबहादुर महत,आमाको माया छात्रावासका उपाध्यक्ष भरत खतिवडाले राहत सामग्री ग्रहण गरेको थिए । परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपाने ,राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, सचिव नारायण तिमिल्सिना र राधा पोख्रेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणि मिश्रले प्रदान गरेको थिए ।
शनिबार धादिङवेसीमा सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव द्वय नारायण तिमिल्सिना र राधा पोख्रेल धादिङ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणी मिश्र , खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका स्वास्थ संयोजक राज तामाङ र वडा सदस्य गमन तामाङ ,नीलकण्ठ नगर पालिकाका शिक्षा संयोजक तुलबहादुर महतको उपस्थिति रहेको थियोे ।
Comments

ताजा खबर