गिरुबारी खोला र पत्थर खोला पहिराेले थुनियाे तटिय क्षेत्रका स्थानियलाइ सतर्कता अपनाउन आग्रह

२०७८, १२ भाद्र शनिबार १४:४५

नवलपुर । अविरल वर्षा पछिको पहिरोले गिरुबारी खोला र पत्थर खोलाको मुहान आसपास क्षेत्रमा खोला थुनिएर ताल बनेको छ । हुप्सेकोट गाउँपालिकाले एक सूचना जारी गरी खाेला तटिय क्षेत्रका स्थानियलाइ सतर्कता अपनाउन आग्रह गरेको छ ।

हुप्सेकोट-४ रुम्सीमा गिरुबारी खोलाको मुहान राते खोलामा पहिरो खसेर खोला थुनिदा ताल बनेको गाँउपालिका ले जनाएकाे छ । पहिरो खसेर खोला थुनिदा ताल बनेको राते खोला तल आएर गिरुबारी खोलामा मिसिने हुँदा ताल फुटदा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन पािलकाकाे आग्रह छ । पालिकावाट खोला थुनिएर ताल बनेको स्थानमा पुग्न २ देखि ३ घण्टा सम्म लाग्ने छ । पालिकाका अनुसार खोला थुनिएको स्थानमा पुग्न अविरल वर्षाको कारणले पनि कठिन भएकाले खोला थुनिएर कत्रो ताल बनेको छ एकिन छैन । थुनिएका खाेलाहरु तल आएर गिरुबारी खोलामा मिसिएका छन् ।

Comments

ताजा खबर