पाल्पामा थप २७ जनामा कोरोना संक्रमण

२०७८, ७ भाद्र सोमबार १८:५१

पाल्पा, ७ भदाै । जिल्लामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार २ सय ३ जनाको कोरोना परीक्षण गरिएकोमा २७ जनामा संक्रमण देखिएको हाे । साेमवार ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै पाल्पामा २ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् । पाल्पामा हालसम्म २१६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Comments

ताजा खबर