६० वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरूको मृत्यु हुने दर उच्च

२०७८, ३१ श्रावण आईतवार १८:४०

देशभर आज २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ८ हजार ८८ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ९३ जना र ४ हजार १८ नमुनाको एन्टीजेन परीक्षण गर्दा ४ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । आज १ हजार ८ सय ६७ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ९३ दशमलव २ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ३३ जनाको निधन भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १० हजार २९२ पुगेको छ ।

नेपालमा कोरोना सङ्क्रमणका कारण ६० वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरूको मृत्यु हुने दर उच्च रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म करिब ५४ प्रतिशत ६० वर्ष भन्दा बढी उमेरका व्यक्तिहरूको मृत्यु भएको हो । सङ्क्रमणले कूल १० हजार २ सय ९२ जनाको मृत्यु हुँदा ६० वर्ष माथिका ५ हजार ५ सय २२ जनाको मृत्यु भइसकेको छ ।

Comments

ताजा खबर