स्याललाई हानेको बन्दुकको छर्रा आफ्नै छोराको टाउकोमा लागेपछी

२०७८, ३० श्रावण शनिबार १३:२९

साउन ३०, पाल्पा । बाबुले स्याललाई हानेको बन्दुकको छर्राले लाग्दा आफ्नै छोराको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका- ६ ठिमुरेस्थित तल्लोताल ३५ वर्षीय धनबहादुर लम्तरी रहेका छन्‌।

धनबहादुरका ५६ वर्षीय बुवा कर्णबहादुर लम्तरिले शुक्रबार बेलुकी भरूवा भन्दुकले मकैबारीमा आएको स्याललाई हानेका थिए। उनले स्याललाई ताकेको बन्दुकको छर्राले घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका आफ्नो छोरालाई लागेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
भरुवा बन्दुक नियन्त्रणको काम भएपनी बेला-बेलामा यसप्रकारका दुर्घटना भैरहेका छन ।

Comments

ताजा खबर