कर्मचारीमा कोरोना संक्रमण देखिएपछी अत्यावश्यक बाहेक सबै सेवा स्थगित

२०७८, २० श्रावण बुधबार ०९:२१

पाल्पा, २० साउन । कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछी जिल्ला प्रशासन कार्यालय पाल्पाको काम प्रभावित बनेको छ । साउन २० देखि साउन २९ गते सम्म अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ ।
कार्यालयका ९ जना कर्मचारीको कोरोना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । संक्रमण देखिएका मध्ये केही कर्मचारीलाई सामान्य रुघाखोकी लाग्ने र ज्वरो आएपछि मंगलबार नौजनाको एन्टिजेन परीक्षण गरिएको थियो। अन्य कर्मचारीलाई समेत कोरोना पोजेटिभ भएको हुन सक्ने र सेवाग्राहीमा संक्रमण फैलन सक्ने जोखिम भएकाले कार्यालयले दिँदै आएको सेवा बन्द गर्नु परेको प्रशासनले जनाएको छ। शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा तथा ठाडो उजुरीबाहेक अन्य सबै सेवा बन्द हुने छ।
पाल्पामा कोरोनाको संक्रमण दर बढ्दो अवस्थामा रहेकाले अनावश्यक भीडभाड नगर्न पाल्पा प्रशासनले आग्रह गरेको छ । 

Comments

ताजा खबर