काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से २३.७६ अंकले बढेर २ हजार ८२४ दशमलब ८९ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर १८ अंकले, विकास बैंकको ८९ अंकले, होटलको साढे १४ अंकले, जलविद्युतको ५२ अंकले, फाइनान्सको ६४ अंकले, माइक्रोफाइनान्स समूहको ६८ अंकले, जीवन बीमा समूहको ४२ अंकले, निर्जीवन बीमा समूहको ४ अंकले र उत्पादन समूहको सेयर २३ अंले बढेको छ ।आज सबैभन्दा धेरै नेपाल बैंकको २१ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।