‘घ’ वर्गको लघुवित्त संस्थाहरुको लाभांश वितरणमा थप कडाइ

२०७८, १२ श्रावण मंगलवार ०५:०१

काठमाडौं : नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको लघुवित्त संस्थाहरुको लाभांश वितरणमा थप कडाइ गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै लाभांशमा कडाइ गरेको हो । केन्द्रीय बैंकले २०% भन्दा बढि लाभांश वितरण गर्न निरुत्साहित गर्दै नयाँ व्यवस्था गरेको छ ।

जसअनुसार नगद र बोनससहित २०% भन्दा बढि लाभांश प्रस्ताव गर्ने संस्थाले लाभांशको ५०% हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । साथै, खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५% भन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन् ।

समग्रमा बुझ्नुपर्दा यस व्यवस्था अनुसार २०% भन्दा बढी लाभांश वितरण गर्न त पाइन्छ । तर यसका लागि अब केही थप नियामकीय प्रावधानहरु भने पूरा गर्नुपर्ने हुन्छ । औसतमा २०% लाभांश वितरण ठीकै हो । कम लाभांश वितरण गर्दा कम्पनीहरुको रिजर्भ थप दरिलो बनाउन भने सहयोग पुग्न सक्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु