नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

थप ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

२०७८, ११ श्रावण सोमबार १७:१९

काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु