नेपार्ताक ताइफुले जापानमा क्षति पुर्याउदै पहिरो जान सक्ने सम्भावना

२०७८, ११ श्रावण सोमबार १७:१३

जापानमा मंगलबार प्रशान्त महासागरबाट उत्तर र उत्तर पूर्वी जापानमा यस वर्षको आठौं ताइफु नेपार्ताक आइपुग्ने अपेक्षा गरिएको छ । ताइफुको प्रभाव हाल ओलम्पिक्सको आयोजना हुन लागेका राजधानी टोकियो समेत अन्य केही क्षेत्रमा पनि देखिने चेतावनी जापानको मौसम विभाग (जेएमए)ले दिएको छ ।

ताइफुका कारण भारी वर्षा हुने, आँधी हुरी चल्ने र समुद्रमा ठुल्ठुला छाल आउने सक्ने पनि जेएमएले बताएको छ । टोकियो समेत कान्तो–कोशिन क्षेत्रमा १५० मिलिमिटरको वर्षा गराउने अपेक्षा गरिएको छ । यसका कारण कयौं क्षेत्रमा पहिरो जान सक्ने चेतावनी पनि विभागले दिएको छ ।

पहिरो विशेषगरी पूर्वी जापान वा तोहोकु क्षेत्रमा जान सक्ने अनुमान छ ।सोमबार स्थानीय समयअनुसार बिहान ६ बजेतिर ताइफु प्रतिघन्टा ३० किमिका दरले उत्तर–सुदुरउत्तरतर्फ गइरहेको जेएमएले बताएको थियो । ताइफुको मध्य वायुमन्डलीय चाप ९९२ हेक्टोपास्कल रहेको बताइएको छ । हावाको गति अधिकतम् प्रति घन्टा ७२ किलोमिटर रहेको र अधिकतम् गष्ट प्रतिघन्टा १०८ रहेको पनि विभागले बताएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु