अमेरिकी सेयर बजारमा अक्टोबर महिना यताकै उच्च गिरावट साथै भारतीय सेयर बजारमा ३ दिन लगातार गिरावट

२०७८, ६ श्रावण बुधबार ०५:२१
काठमाडौं : कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण बढ्दै गएपछि लगानीकर्ताहरुमा पनि त्रासको वातावरण सिर्जना भएको छ । जसका कारण विश्वभरको सेयर बजार प्रभावित बनेको छ । सोमबार अमेरिकी सेयर बजारमा अक्टोबर महिना यताकै उच्च गिरावट आएको छ । डाउ जान्स सूचक ७२५ अंक अर्थात २.१% ले घटेको छ । जुन ९ महिना यताकै उच्च हो । पछिल्लो पटक गत अक्टोबरमा डाउ जोन्स सूचक एकै दिन ९४३ अंकले घटेको थियो ।
यस्तै, एस एन्ड पी ५०० सूचक १.६% र नास्डाक कम्पोजिट १.१% ले तल आएको छ । यद्दपि, मंगलबारको फ्यूचर्स कारोबारमा भने अमेरिकी बजारले सम्हालिने प्रयास गरेको छ । फ्यूचर्स कारोबारमा डाउ जोन्स फ्यूचर्स ०.७%, एस एन्ड पी ५०० फ्यूचर्स ०.५% र नास्डाक १०० फ्यूचर्स पनि ०.५% ले वृद्धि भएको छ ।
यता, भारतीय सेयर बजारमा ३ दिन लगातार गिरावट आएको छ । मंगलबार पनि भारतका दुवै वटै प्रमुख बजारमा गिरावट आएको छ । बीएसइ सेन्सेक्स ३५४.८९ अंकले घटेको छ भने निफ्टी ५० मापनि १२०.३० अंकको गिरावट आएको छ । सूचीकृत कम्पनीहरुको मिश्रित वित्तीय विवरण र डेल्टा भेरियन्टका कारण सेयर बजार प्रभावित भएको विश्लेषकहरुले बताएका छन् ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु