सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावरको आइपिओ लाई धितोपत्र बोर्डको अनुमती

२०७८, ४ श्रावण सोमबार २०:३४

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड, मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेड र सामलिङ्ग पावर कम्पनीले सार्वजनिक निष्काशन तथा बिक्री गर्न आइपिओ जारी गर्ने सम्बन्धी दिएको निवेदनलाई नेपाल धितोपत्र बोर्डले अनुमती प्रदान गरेको छ।

धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्सलाई रु.१०० अंकित मुल्यको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न अनुमती दिएको छ। इन्स्योरेन्सले सर्वसाधारणका लागि शेयर जारी गरे पश्च्यात सर्वसाधारणको ३०% र संचालकको ७०% शेयर संरचना कायम रहने छ। सानिमा लाइफ इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

मानुषी लघुवित्तले भने रु.१०० अंकित मुल्यको ३ लाख ९३ हजार ७५० कित्ता प्राथमिक शेयर जारी गर्न अनुमती पाएको हो। शेयर जारी गरे पश्च्यात कम्पनीको शेयर संरचना सर्वसाधारणको ३६% र संचालकको ६४% कायम रहने छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

त्यसैगरी, सामलिङ्ग पावर कम्पनीले पनि स्थानिय र सर्वसाधारणका लागि शेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमती पाएको छ। कम्पनीले रु.१०० अंकित मुल्यको १२ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमती पाएको हो। सामलिङ्ग पावरको निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु