जापान ओलम्पिकमा जम्बो टोली लिएर जानु लज्जास्पद

२०७८, ३ श्रावण आईतवार ०४:३७

काठमाडौं राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले ओलम्पिकमा जम्बो टोली लिएर जापान जानु लज्जास्पद कार्य भएको बताएको छ ।

संघले शुक्रबार बिज्ञप्ति जारी गर्दै पाँच खेलाडी सहभागी हुने प्रतियोगितामा २६ जनाको जम्बो टोली लिएर जापानु जानु हास्यास्पद र लज्जास्पद कार्य भएको जनाएको हो । संघले काम बेगर घुमफिरका लागि राज्यकोषको दुरुपयोग गरी विदेश घुमाउन लैजानु नितान्त गलत कार्य भएको उल्लेख गर्दै घटनाको भत्सर्ना गरेको छ ।

टिम म्यानेजर सम्वन्धित खेलसंघको व्यक्तिलाई चयन गर्नुपर्ने भएपनि राखेप र ओलम्पिक कमिटिका पदाधिकारीले मनपरि ढंगबाट सम्वन्धित खेलसंघ भन्दा बाहिरका ब्यक्तिलाई टिम म्यानेजर चयन गरेर जापान लैजानु निन्दनिय र धृणित कार्य भएको संघले बताएको छ । ‘

Comments

ताजा खबर