युवाहरुमा फाइजर र मोदेर्नाको निकै दुर्लभ साइड इफेक्ट |

२०७८, २६ असार शनिबार १४:४८

कोरोना भाइरसविरुद्धको फाइजर र मोदेर्नाको खोपका कारण मुटु सुन्निने समस्या उत्पन्न हुन सक्ने देखिएको छ ।

तर यो साइड इफेक्ट निकै दुर्लभ रहेको युरोपेली नियामक निकायले बताएका छन् । युरोपियन मेडिसिन एजेन्सीका अनुसार फाइजर र मोदेर्नाको खोप लगाएका विशेष गरि युवाहरुमा मुटु सुन्निने साइड इफेक्ट देखिएको तर यो निकै दुर्लभ हो ।

फाइजर–बायोएनटेकको खोप लगाएका १४५ जनामा मायोकार्डाइटिस र १३८ जनामा पेरिकार्डाइटिस समस्या देखिएको छ । अहिलेसम्म यो खोपको १७७ मिलियन मात्रा दिइएको छ ।

यस्तै मोदेर्नाको खोप लगाएका १९ जनामा मायोकार्डाइटिस र १९ जनामा पेरिकार्डाइटिस समस्या देखिएको छ । यो खोपको २० मिलियन मात्रा दिइएको छ ।

तर कोभिड–१९ को खोपको फाइदा दुर्लभ साइड इफेक्टको तुलनामा निकै धेरै रहेको पनि एजेन्सीले जनाएको छ ।खोप लगाएकाहरुलाई आफूमा मुटु सुन्निने सम्बन्धी साइड इफेक्टको लक्षणलाई लिएर चनाखो बन्न आग्रह गरिएको छ ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु